७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम स्वीकृति लिन कार्यालयमा नआउन वैदेशिक रोजगार विभागको आग्रह

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनका लागि कार्यालयमा भौतिक रूपमा नआउन आग्रह गरेको छ । श्रम स्वीकृतिको कार्य पूर्ण रूपमा अनलाइन मार्फत हुँदै आएको भन्दै सोही आधारमा अनलाइन मार्फत नै लिन सबैमा अनुरोध गरेको हो ।

वैदेशिक रोजगार व्यवस्थापन प्रणाली (फेमिस) मार्फत अनलाइनबाट घरबाटै सेवा प्राप्त हुने गरी व्यवस्था मिलाइएको विभागले जनाएको छ । उपलब्ध जनशक्तिको आधारमा दैनिक (टोकन) खुला गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको भन्दै विभागले भौतिक रूपमा कार्यालयमै उपस्थित नहुन अनुरोध गरेको हो ।

टोकन प्राप्त गरेको मिति र समयबाट प्राविधिक कारणले सम्भव भएसम्म ७२ घण्टाभित्र अनलाइन रूपमा श्रम स्वीकृति सम्बन्धी सेवा प्रदान गरिने प्रतिबद्धता विभागको छ । श्रम स्वीकृति नभई हवाई टिकट नलिन र कार्यालयमा भौतिक रूपमा उपस्थित समेत नहुन सबैमा विभागले अनुरोध गरेको हो ।

केही समय अघिसम्म फेमिसमा समस्या आएपछि श्रम स्वीकृति लिन भौतिक रूपमै कार्यालय पुग्नेको भीड लाग्ने गरेको थियो । अहिले फेमिसमा देखिएको समस्या समाधान भइसकेको भन्दै विभागले कार्यालयमा नआएर अनलाइनबाटै श्रम स्वीकृति लिन अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस