१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बालविवाह मुक्त पालिका कार्यविधि’ जारी

अ+ अ-

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिकाले पालिकालाई बालविवाह मुक्त पालिका घोषणा गर्नका लागि ‘बालविवाह मुक्त पालिका कार्यविधि २०८०’ जारी गरेको छ ।

सोमबार आयोजित बालविवाहविरुद्धको बृहत् भेलामा पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले पिपरालाई बालविवाह मुक्त बनाउन कार्यविधि बनाइ जारी गरिएको बताए ।

‘बालविवाह, जीवन तवाह’ मूल नाराका साथ ‘बालविवाहविरुद्धको बृहत् भेला’को आयोजना गरिएको थियो । अध्यक्ष यादवले आउँदो असार मसान्तसम्ममा बालविवाह मुक्त पालिका घोषणा गर्ने प्रतिबद्धता प्रकट गरे ।

अध्यक्ष यादवले संघीय सरकारले अवलम्बन गरेको बालविवाह मुक्त गर्ने राष्ट्रिय नीतिलाई सफल तुल्याउन आफूले पालिकामा कार्यविधि नै ल्याएर आउँदो असार मसान्तसम्ममा पालिकालाई बालविवाह मुक्त गर्ने लक्ष्य राखेको बताए ।

भेलामा विवाह गराउने तथा विवाह कार्यमा सहभागिता जनाउने पण्डित, धर्मगुरु, मौलाना, राजनीतिकर्मी, समाजसेवी, सामाजिक अगुवा, शिक्षक, अभिभावक, स्वास्थ्यकर्मी, स्वयंसेविका, विभिन्न बाल क्लबमा आबद्ध बालबालिकासहितको बृहत् सहभागितामा अब उपरान्त पिपरा गाउँपालिकामा बालविवाह नगर्ने, नगराउने सबै पक्षले लिखित प्रतिबद्धता जनाएका थिए ।

सात वडा रहेको पिपरामा दुई वर्षअघि वडा नं १ मा ३१, २ मा ४१, ३ मा ४९, ४ मा ५४, ५ मा ४४, ६ मा ४६ र वडा नं ७ मा २६ प्रतिशत बालविवाह हुँदै आएको र सम्पूर्ण पालिकामा ४२ प्रतिशत बालविवाह हुँदै आएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

गाउँपालिका र रतौली युवा क्लबले बालविवाह विरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस