२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीलाई प्राथमिकतामा राखेर १६औँ योजना बनाउन सुझाव

अ+ अ-

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेर १६औँ पञ्चवर्षीय योजना बनाउन स्थानीय सरकारहरूले सुझाव दिएका छन् ।

दुई दिनसम्म कर्णालीमा चलेको १६औँ योजनाको सुझाव सङ्कलन कार्यक्रममा सहभागी भएका स्थानीय सरकारका जनप्रतिनिधिले यस्तो सुझाव दिएका हुन् ।

राष्ट्रिय योजना आयोगले बनाउने १६औँ पञ्चवर्षीय योजनाका लागि सुझाव दिँदै स्थानीय सरकारका जनप्रतिनिधिले कर्णालीलाई सधैँ पछाडि पारिएको भन्दै आगामी पञ्चवर्षीय योजना कर्णालीलाई विशेष ‘फोकस’ गर्न सुझाव उनीहरूले दिएका हुन् ।

सुर्खेत भेरीगङ्गा नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले कर्णालीमा पर्यटकीय क्षेत्रको धेरै सम्भावना रहेको भन्दै यसलाई विशेष महत्त्व दिएर १६औँ योजनामा समावेश गर्न सुझाव दिइएको बताए । उनले कर्णालीको जडीबुटी र यहाँको रैथाने बालीको प्रवर्द्धन हुने गरी प्रशोधन उद्योग स्थापना गर्ने गरी आगामी योजना बनाउन सुझाव दिइएको बताए । 

पछिल्लो समय युवाहरू बिदेसिने दर बढेको भन्दै उनीहरूलाई स्वदेशमै रोक्ने वातावरण बनाउने गरी योजना बनाउनुपर्ने लगायतका सुझाव स्थानीय सरकारहरूले राष्ट्रिय योजना आयोगलाई दिएका छन् ।

यसअघि कर्णाली प्रदेश सरकार, प्रदेशस्तरीय राजनीतिक दल, निजी क्षेत्र, प्रदेशका सबै जिल्ला समन्वय समितिबाट समेत सुझाव लिइएको थियो । उनीहरूले कर्णाली प्रदेशको सम्भावनालाई दृष्टिगत गरेर राष्ट्रिय योजना बनाउन कर्णाली प्रदेशबाट सुझाव दिएका थिए ।

सडक पूर्वाधार र अन्य संरचना नहुँदा कर्णालीको सम्भावना हुँदाहुँदै पनि अवसर लिन नसकिएको भन्दै आगामी योजनामा समावेश गर्न सुझाव कर्णालीबाट दिइएको छ । कर्णालीलगायत विशेष विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव आयोगलाई दिइएको हो ।

सोह्रौँ योजनाका लागि कर्णाली प्रदेशमा सुझाव लिन आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, सदस्यसचिव तोयनारायण ज्ञवालीसहितको टोली गत मङ्गलवार सुर्खेत पुगेको थियो । यससँगै आयोगले सात प्रदेश सरकार र सात सय ५३ वटै स्थानीय सरकारसमेतको सहभागितामा १६औँ योजनाका लागि सुझाव लिने कार्य सकेको छ ।