७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोज, अनुसन्धान र प्रतिक्षणका लागि प्रहरी अस्पताल र काठमाडौँ विश्वविद्यालयबीच सम्झौता

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र काठमाडौँ विश्वविद्यालयबीच चिकित्सा शिक्षा र अन्य विषयहरूमा खोज, अनुसन्धान र प्रशिक्षण कार्यका लागि सम्झौता भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.भोला थापाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा हस्ताक्षरपछि प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै अब विश्वविद्यालयसँगको सहकार्यले थप उचाइ मिल्ने बताए । सम्झौताले दुवै पक्षबीच एक आपसमा रहेको ज्ञान र अनुभवका साथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रमहरूमा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको उनले बताए ।

उपकुलपति थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेशनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे । उनले प्रहरीसँगको सहकार्यलाई थप अगाडि बढाउँदै लैजाने बताए ।

सो सम्झौता पाँच वर्षकालागि लागू हुनेछ । सम्झौता अनुसार अब दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, एक अर्काको शैक्षिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकताहरूलाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमहरूको विकास र कार्यान्वयनका सम्भावनाहरू अन्वेषण गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस