१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने शेखरको चेतावनी

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर सत्तारुढ नेपाली काँग्रेसभित्र विवाद बढेको छ । शेखर कोइराला–गगन थापा पक्षले मन्त्रिपरिषद्मा आफ्नो पक्षलाई नसमेटे विद्रोह गर्ने चेतावनी मुख्यमन्त्रीलाई दिएका छन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थप्न खोजेका छन् । उनले काँग्रेस र माओवादीबाट एक-एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

काँग्रेस स्रोतका अनुसार मुख्यमन्त्री चौधरीले प्युठानका रोज राणा भनेर चिनिने सरोज थापालाई मन्त्री बनाउन लागेका छन् । तर शेखर पक्षले भने नवलपरासी पश्चिमका प्रदेशसभा सदस्य विश्वप्रेम पाठकलाई मन्त्री बनाउन भनेको छ ।

मुख्यमन्त्रीलाई फोन गरेर सन्तुलित मन्त्रिमण्डल बनाउन सुझाव दिएको काँग्रेस, लुम्बिनीका महामन्त्री विक्रम खनालले बताए ।

काँग्रेस संसदीय बोर्डका अर्का नेता विष्णु पोखरेलले लुम्बिनी प्रदेशको पार्टी समितिमा संस्थापनइतरको शक्ति ९० प्रतिशत हाराहारी रहेको दाबी गर्दै सरकारमा संस्थापन पक्षबाट एकजना पनि नसमेटिए कोशीमा जस्तै विद्रोह हुने चेतावनी दिए ।

मुख्यमन्त्रीको सचिवालयले भने पार्टीबाट मन्त्री हुनेको नाममा अन्तिम निर्णय भइनसकेको बताएको छ ।

लुम्बिनीमा तीन वटा मन्त्रालय खाली छ । चर काँग्रेसको प्रदेश समितिले आर्थिक भार बढ्ने भन्दै १० जनाभन्दा बढी मन्त्री बनाउन मुख्यमन्त्रीलाई निर्देशन दिएको छ ।

दुई जना मात्र मन्त्री थपिँदा माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री बन्ने सम्भावना छ । काँग्रेसबाट मन्त्री बन्नेले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने छन् । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय भने मुख्यमन्त्री चौधरीसँगै नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस