१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रीको गाडी जलाइनु अराजकता : मन्त्री शर्मा

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छन्।

मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरूबाट जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन् । 

उनले घटनामा मानिसहरूको मृत्यु समेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद् भएको बताइन्। उनले यस प्रकारको अराजकतालाई कसैले पनि प्रश्रय दिनु नहुने बताइन्। उनले आफ्ना असन्तुष्टिहरू शान्तिपूर्ण राख्न पाउने सबैको अधिकार भएको भन्दै आफ्ना कुराहरू राख्ने सही बाटो यस्तो नभएको बताइन्।

उनले भनिन्, ‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरूको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यु काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ। त्यसको यथार्थ विवरण आउन बाँकी छ। यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला। तर जे घटना भयो त्यो गलत भयो। त्यो दुःखद् भयो। त्यस्तो गर्नु हुँदैन। आफ्ना असन्तुष्टिहरू, आफ्ना कुराहरू, आफ्ना विषयहरू शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ। त्यो राख्नुपर्छ। सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइन्छ। तर त्यसको आफ्नो तरिका हुन्छ । जुन ढङ्गले यो घटना घटाइयो यसमा दुःख व्यक्त गर्न चाहन्छु। यो अराजकता हो। अराजकता फैलाउने, प्रश्रय दिने काम कसैले गर्नुहुँदैन। यो गलत भएको छ। यसमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने नै छ। सरकारले यसमा आवश्यक पहलकदमी लिन्छ।’