६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसी सहरमा युक्रेनको हमला: २० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

अ+ अ-

काठमाडौँ । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । यो आक्रमण युक्रेनले गरेको आरोप रुसले लगाएको छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको थियो । आक्रमणबाट तीन बालबालिकासहित २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

यसअघि गत शुक्रबार रुसले युक्रेनमा आक्रमण गर्दा ३९ जनाको ज्यान गएको थियो । त्यसैको जवाफ स्वरुप युक्रेनले रुसमा आक्रमण गरेको बताइएको छ । बीबीसीका अनुसार रुस-युक्रेन युद्धको क्रममा रुसमा भएको यो मिसाइल आक्रमण सबैभन्दा खतरनाक हो । युक्रेनले अनेकौं प्रकारका हतियार प्रयोग गरेर आक्रमण गरेको आरोप रुसले लगाएको छ । त्यसमा युक्रेनी ओल्खा र चेक निर्मित भ्याम्पायर रकेट पनि प्रयोग भएको बताइएको छ ।

युक्रेनले भने रुसले गरेको आक्रमणको प्रतिक्रिया स्वरुप रुसी क्षेत्रमा ७०भन्दा बढी ड्रोन लन्च गरिएको जनाएको छ । युक्रेनले ड्रोन आक्रमण गरेपछि बेलगोरोडमा ठूलो आवाजका साथ विष्फोट भएको थियो । साथै गाडीहरुका हर्न अस्वाभाविक ढङ्गले बजेको पनि सुनिएको थियो ।

बेलगोरोड क्षेत्रका गभर्नरले युक्रेनी सेनाको आक्रमण पछिल्लो दुई वर्षयताकै सबैभन्दा गम्भीर खालको भएको बताएका छन् । रुसी रक्षा मन्त्रालयले भने युक्रेनले किभ मोर्चामा खटिएका रुसी सेनाको ध्यान अन्यत्र मोड्न र उक्साउन खोजेको टिप्पणी गरेको छ । उसले युक्रेनको आक्रमण सैह्य नहुने प्रतिक्रियासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस