२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक अर्ब ३१ करोड रुपैयाँ अपचलनको आरोप लागेका फरार २ जना अदालतमा उपस्थित 

अ+ अ-

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा फरार दुई अभियुक्त जिल्ला अदालत कास्कीमा हाजिर भएका छन्।

सहकारीका सञ्चालक समिति सदस्य भविश्वर अर्याल र पूर्वसञ्चालक सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) मंगलबार अदालतमा उपस्थित भएका अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए । 

अदालतले उनीहरूलाई कारागार चलान गर्ने कि तारेखमा छाड्ने भनेर मंगलबार नै थुनछेक बयान लिईएको थियो।

थुनछेक आदेश बुधबार आउने भएपछि उनीहरूलाई प्रहरी हिरासतमा पठाइएको सूचना अधिकारी अधिकारीले बताए । 

यो सहकारीले सर्वसाधारण बचतकर्ताको एक अर्ब ३१ करोड रुपैयाँ अपचलन गरेको आरोपमा जिल्ला सरकारी वकिलको कार्यालयले १९ जना विरुद्ध मुद्दा दायर गरेको छ।

सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राइसहित १५ जना फरार छन्।

सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।