९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरले ल्यायो पूरक बजेट

अ+ अ-

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको चालु आर्थिक वर्षको ६ महिनामा १३ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजारमध्ये पुसको मध्यसम्म ७९ करोड १ लाख १९ हजार (३० प्रतिशत) खर्च भएको छ ।

पुँजीगततर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमध्ये पुस मध्यसम्म ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म ५३ करोड ३ लाख अर्थात् ३१ प्रतिशत सङ्कलन गरेको छ ।

आइतबार १४ औँ नगरसभामा महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको छ । उपमेयर चित्रसेन अधिकारीले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकमा बजेट अपुग भएकाले पूरक बजेट ल्याएको बताए ।

महानगरपालिकाको मर्मत सम्भार कोष खातामा मौज्दात रकम ५ करोड, शहरी गरिब सहयोग कोष तथा भरतपुर बीएम रूप खातामा रहेको ७० लाख, समयमा काम नगरेका कारण ठेकेदारको धरौटी जफतबाट प्राप्त ४२ लाख, महानगरपालिकाको गत वर्ष फ्रिज भएको रकमसमेत गरी ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको मेयर रेनु दाहालले जानकारी दिइन् ।

पूरक बजेटबाट विद्युत् प्राधिकरणसँग स्मार्ट लाइट साझेदारी कार्यक्रममा २ करोड ६७ लाख, डीपीआर तथा पुँजीगत परामर्श एवं इआईएसमेतका लागि ३५ लाख, रोड मार्किङ तथा क्याट आई एवं शहरी सौन्दर्यीकरणमा ४० लाख, चोक सुधार कार्यक्रममा १५ लाख, मानव सेवा आश्रम पूर्वाधार निर्माणमा ३५ लाख रुपैयाँ थप हुनेछ । त्यस्तै दूध अनुदानका लागि ४५ लाख, कक्षा १ देखि ८ सम्मका दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि ३६ लाख, समपूरक साझेदारी २ करोड, मागमा आधारित विभिन्न योजनाहरूमा २ करोड रुपैयाँ थप गरिएको महानगरपालिकाले जनाएको छ ।

नयाँ शीर्षकमा खर्च गर्न आवश्यक भएको र विभिन्न खर्च शीर्षक तथा उपशीर्षकमा नयाँ कार्यक्रम थप गर्नुपरेकाले बजेट संशोधन गरिएको उपमेयर अधिकारीले बताए ।

महानगरमा आर्थिक वर्ष २०७९/८० मा खर्च नभएको १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ सञ्चित कोषमा रहेको छ । आर्थिक वर्ष २०८०र८१ मा भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न १ अर्ब २४ करोड ४४ लाख रुपैयाँ लाग्ने देखिएको छ । यसरी सञ्चित कोषमा बचत हुने २ करोड रुपैयाँ मौज्दात रहने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस