९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छ महिनामा पाथीभरा पुगे ९२ हजार तीर्थयात्री

अ+ अ-

काठमाडौँ । १० किलोमिटर पैदल यात्रा गर्नुपर्ने पाथीभरामा छ महिनामा ९२ हजार तीर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउनदेखि पुस मसान्तसम्म ९१ हजार ७ सय तीर्थयात्री मन्दिर पुगेका हुन् ।

पाथीभरा मन्दिर ३ हजार ७ सय ९४ मिटर उचाइमा छ । यहाँ काफ्लेपाटीदेखि ५ किलोमिटर उकालो पैदल यात्रा गर्नुपर्छ । फर्कँदा पनि त्यत्तिनै दुरी पार गर्नुपर्छ । काफ्लेपाटीसम्म भने गाडीमा जान सकिन्छ । सदरमुकाम फुङलिङदेखि २० किलोमिटर दुरीमा काफ्ले पाटी छ । सुकेटारसम्म कालोपत्रे सडक छ भने त्यहाँबाट १२ किलोमिटर कच्ची सडक छ ।

साउनदेखि पुस भित्रमा सबैभन्दा बढी कार्तिक महिनामा ४९ हजार १ सय ६३ र सबैभन्दा कम साउनमा १ हजार १ सय २२ जना दर्शनार्थी आएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जनाएका छन् ।

विगतमा साउनमा मान्छेको संख्या शून्य हुने गरेको थियो । पाथीभरामा शिवलिङ्ग राखेपछि साउनमा पनि तीर्थयात्रीको संख्या बढेको पाथीभराका पुजारीहरू बताउँछन् । समितिको दाबीअनुसार मंसिरमा २० हजार १ सय ४६, असोजमा १० हजार ३ सय ४३, पुसमा ५ हजार ६ सय ५५ र भदौमा ५ हजार तीर्थयात्रीले दर्शन गरेका थिए ।

क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार व्यक्तिको गणना हुने फेस काउन्टिङ सीसी क्यामरा राखिएको छ । फागुनदेखि वैशाखसम्ममा यो संख्या दोब्बर तीर्थयात्री हुने अपेक्षा गरिएको थेवे बताउँछन् । शैक्षिक सत्र सुरु हुँदा बालबालिका लिएर आउने तीर्थयात्रीको संख्या अधिक हुने गरेको छ । चैत(वैशाखमा गुराँस फूल्ने भएकाले धेरैको रोजाइमा यो सिजन पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस