६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राहदानी वितरणमा पालिकाको सहजिकरण, सेवाग्राहीको जोगियो पैसा र समय

अ+ अ-

सिराहा । सिराहाको मिर्चैया नगरपालिकाले राहदानी वितरणमा सहजिकरण गरेको छ । पालिकाको सहजिकरणले राहदानी लिन सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ । बुधवारदेखि पालिका स्तरबाटै राहदानी वितरण सुरु भएको हो ।

नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन् । सो अवसरमा उनले भने, ‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिराहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ । आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने छौँ ।’

मिर्चैयाका प्रमुख प्रशासकीय अधिकृत विष्णु रञ्जन बरालका अनुसार पालिकाले सहजिकरण गरेपछि राहदानी लिने व्यक्ति अब एक पटक मात्र बायोमेट्रिक र राजस्व बुझाउन प्रशासन कार्यालय गए हुन्छ । ‘फारम भर्न, राजस्व बुझाउन, बायोमेट्रिक गर्न र राहदानी लिनका लागि तीन पटक सदरमुकाम जानुपर्ने बाध्यता थियो ।

अब पालिकाले फारम भर्न र राहदानी लिन प्रशासन कार्यालय जानु पर्दैन । यसमा पालिकाले सहजिकरण गरेको छ । एकपटक राजस्व बुझाउन र बायोमेट्रिक गर्न गए मात्र पुग्छ’, उनले भने, दुई पटक सदरमुकाम जानु नपर्दा सेवाग्राहीको पैसा र समयको बचत भएको छ ।’ मिर्चैयाबाट सदरमुकाम जान आउन  एक पटकमा दुई सय रुपैयाँ लाग्ने गर्दछ । 

स्थानीय स्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन् । सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले राहदानी वितरणमा नगरपालिकाले सहजिकरण गरेको बताए । पालिकाको सहजिकरणले सेवाग्राहीलाई पटक-पटक प्रशासन कार्यालय आउनुपर्ने बाध्यता हटेर एक पटक आए हुने भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस