२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाथीभरामा केबलकार निर्माणको विरोध

अ+ अ-

काठमाडौँ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन् ।पाथीभरामा केबलकार बनाउने प्रक्रिया सुरु भएको खबर सार्वजनिक भएदेखि नै विरोध गर्दै आएका स्थानीय बासिन्दाले यसका विरुद्ध पटक पटक प्रदर्शन समेत गर्दै आएका छन् ।

पछिल्लो पटक सोमबार पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा सोमबार विरोध प्रदर्शन गरिएको छ । ‘मुन्धुमी आस्थाको पवित्र स्थल’ भएको भन्दै उनीहरूले त्यस क्षेत्रमा केबलकार निर्माण गरिनु नहुने बताउँदै आएका छन् । प्रकृति मास्न नपाइने, पाथीभरालाई यथास्थितिमा राख्नुपर्ने, पाथीभराको नाम मुक्कुमलुङ हुनुपर्ने, आइएलओ १६९ पालना गर्नुपर्ने जस्ता माग उनीहरुको छ ।

पाथीभरा जाने बाटोमा पर्ने काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म केबलकार निर्माणका लागि पाथीभरा केवलकार निर्माण प्रालिले प्रारम्भिक प्रक्रिया पूरा गरिसकेको छ । निर्माणका लागि अब रुख कटानलगायत काम अघि बढाउने तयारी गरिएको छ ।

उक्त कम्पनीको नेतृत्व उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले गरेका छन् । केबलकार बनाउनका लागि फुङलिङ नगरपालिकाले अनुमति दिइसकेको छ ।

पाथीभरामा केबलबार बनिनुपर्छ भन्ने पक्षमा पनि कतिपय स्थानीय बासिन्दा देखिएका छन् । स्थानीय अशोक खतिवडा केबलबार निर्माण भए वृद्धवृद्धा र अशक्तहरु पनि पाथीभरा दर्शनका लागि आउन सक्ने भएकाले निर्माण हुनु उपयुक्त भएको बताउँछन् ।

केबलकार निर्माण गरे आगन्तुकहरुको संख्या उल्लेख्य बढ्ने र जिल्लाको आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने उनको बुझाइ छ । तर निर्माण गर्दा यहाँको मौलिकता नष्ट नहुनेगरी गर्नुपर्ने उनले बताए । निर्माणको विरोधमा उत्रिएकाहरुले भने कुनै हालतमा केबलबार बन्न नदिने बताउँदै आएका छन् ।

केबलकार निर्माणको कुरामा विवाद र विरोध सुरु भएपछि समन्वय गर्नका लागि ताप्लेजुङ जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाको संयोजकत्वमा समिति बनाइएको छ । करिब १२ हजार फिट उचाइमा रहेको पाथीभरामा दर्शन र पूजाअर्चना गर्न जानेहरुको संख्या उल्लेख्य छ ।

नेपालका मात्र होइन, भारत र भुटानदेखिका श्रद्धालुहरु पाथीभरामा पुग्ने गरेका छन् । वर्षैभरि पाथीभरा जाने श्रद्धालुहरुको संख्या उल्लेख्य हुने गरेको छ । त्यहाँसम्म जान ठाडो उकालो बाटो हिँड्नुपर्ने हुन्छ । त्यसैले वृद्धवृद्धा र अशक्तहरुलाई पुग्न समस्या हुने गरेको छ ।

सामान्यतया ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिनको पैदल यात्रामा पाथीभरा धाम पुग्न सकिन्छ । पाथीभराबाट हिमशृङ्खला र पहाडी क्षेत्रको अवलोकन समेत गर्न सकिन्छ ।