२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियुक्तिपत्र बुझेकै दिन नियुक्ति रद्द 

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह/उपसमूह, तह ५, सुपरभाइजर पदहरूको नियुक्तिपत्र रद्द भएको जनाएको छ । लोक सेवा आयोगमार्फत सञ्चालन गरेको पदपूर्ति परीक्षामा कानुनी प्रश्न उठेपछि नियुक्ति लिइसकेकाहरूको नियुक्तिपत्र नै रद्द भएको हो ।

परीक्षार्थीले माघ १४ मा लिएको नियुक्तिपत्र रद्द गरिएको हो । प्राधिकरणले विज्ञापन गरेको गत मङ्सिर २७, २८, २९ र पुस २१ मा प्रकाशित नतिजा तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भनी सर्वोच्च अदालतबाट आदेश भएकोले रद्द गरिएको प्राधिकरणले सूचना मार्फत जानकारी गराएको छ । अदालतको अन्तरिम आदेश अनुसार पुस १४ गते नियुक्ति दिइएका विज्ञापन नम्बर २०७९/८० प्रा.५/४०३ (काठमाडौँ), विज्ञापन नम्बर २०७९/८० प्रा. ५/५०३ (पोखरा) र विज्ञापन नम्बर २०७९/८० प्रा.५/६०३ (बुटवल)को अदालतबाट अर्को आदेश प्राप्त नभए सम्मको लागि रद्द गरिएको प्राधिकरणले जनाएको छ ।

जितेन्द्र सिंहसहितका उम्मेदवारले नेपाल विद्युत् प्राधिकरण प्रधान कार्यालय काठमाडौँविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण मुद्दा दायर गरेका थिए । माघ ८ मा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।