२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२०२७ मा सोझै विश्वकप छनोट खेल्न नेपाल शीर्ष चारमा पर्नुपर्ने

अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ को २०२४ देखि २०२७ सम्म चल्ने त्रिकोणात्मक सिरिजका शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने भएका छन् ।

आईसीसीले २०२७ सम्म चल्ने लिग-२ को शीर्ष चार टोली सोझै विश्वकप छनोट खेल्न पाउने बताएको छ ।

२४ वटा त्रिकोणात्मक सिरिजमा कुल १४४ खेल हुनेछन् । जसबाट शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका चार टोलीले विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्वकप च्यालेन्ज लिगबाट आउने शीर्ष चार टोलीसँगै पुन विश्वकप छनोटमा पुग्न प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्लेअफबाट भने एक टोलीमात्रै पुन विश्वकप छनोटमा पुग्नेछ ।

यसअघि २०१९ देखि २०२३ सम्मको लिग २ मा ७ टोलीको सहभागिता थियो । नेपाल, स्कटल्यान्ड र ओमानले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेलेका थिए ।

तर यसपटक नेदरल्यान्ड्स पनि लिग २ मा आएको छ । नेदरल्यान्ड्सले २०१९ देखि २०२३ सम्म १२ टेस्ट टोलीसँग सुपर लिग खेलेको थियो ।

लिग–२ मा क्यानडा, नामिबिया, नेपाल, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई र अमेरिका छन् । क्यानडा च्यालेन्ज लिगबाट प्लेअफ हुँदै ओडीआई मान्यता फिर्ता गर्दै आएको हो ।

लिग-२ को सिरिज बिहीबारदेखि नेपालमा सुरु हुँदैछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबार नामिबियासँग खेल्दै लिग-२ को सुरुवात गर्नेछ ।