१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस नेतृत्वको सरकार निर्माणमा विलम्ब गर्नुहुँदैन : सांसद शर्मा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्ब गर्न नहुने बताएका छन् । पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेस गर्ने प्रस्ताव शनिबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै शर्माले वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गरेका हुन् । 

सांसद शर्माले पार्टीको रूपान्तरण र आफू नेतृत्वको जनमुखी सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रस्ताव रहेको पनि स्पष्ट पारे । भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उनको भनाई थियो । 

सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा काँग्रेसले बेवास्ता गर्न नमिल्ने जिकिर पनि गरे । उनले भने, ‘भ्रष्टाचार र कुशासनले थिलथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली काँग्रेस कानमा तेल हालेर बस्न मिल्दैन । काँग्रेस आफ्नो नीतिमा प्रस्ट हुन जरुरी छ ।

काँग्रेसले आफू नीतिमा प्रस्ट हुनुपर्छ । र आफू सम्मिलित सरकारलाई सुशासन, डेलिभरीसहित जनमुखी बनाउनु पर्छ । नसके काँग्रेसका लागि आउने दिनहरू कठिन छन् । लोकप्रियतावादीहरू र अतिवादीहरू अहिले नेपाली काँग्रेसका मुख्य चुनौती हुन् । काँग्रेसले जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखी सरकार निर्माण गर्ने कुरामा विलम्ब गर्नुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस