९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असारमा १२ औँ महाधिवेशन गर्ने नेविसंघको प्रस्ताव

अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ । मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका तर्फबाट महाधिवेशनको कार्यतालिकासहित नीति, योजना र परिकल्पनाबारे महासमितिमा जानकारी गराइएको बताए । ‘अहिले महाधिवेशनको मिति प्रस्तावित हो । यो महासमिति बैठकमा पेश भएको छ,’ उनले भने, ‘पार्टीले अनुमोदन गरिदिएको अवस्थामा हामी केन्द्रीय समितिको बैठकबाट निर्णय लिएर अघि बढ्छौँ ।’

उनका अनुसार वैशाख २५ गतेभित्र प्रतिनिधि चयन गरिसक्ने, जेठ १ गते क्याम्पस अधिवेशन गर्ने र जेठ ३ गते स्थानीय गाउँ÷नगर अधिवेशन गर्ने प्रस्तावित कार्यतालिका छ ।

त्यस्तै, जेठ ६ देखि १० गतेसम्म उपत्यकाभित्रका क्याम्पस विश्वविद्यालयहरूमा अधिवेशन गर्ने, जेठ १६ गते ७७ वटै जिल्लाको अधिवेशन गर्ने र जेठ २५ गते प्रदेशको अधिवेशन गर्ने नेविसंघको प्रस्ताव छ ।

त्यसपछि असार ११ गते १२ औँ केन्द्रीय महाधिवेशन गर्न प्रस्ताव गरिएको अध्यक्ष शेर्पाले बताए । ‘हाम्रो केन्द्रीय समितिको बैठक बस्दैछ । केन्द्रीय समितिबाट महाधिवेशनको कार्यतालिका पास गरेर जान्छौँ,’ उनले भने, ‘केही तलमाथि हुनसक्छ, तर एकवर्षभित्र महाधिवेशन गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।’

नेविसंघले पार्टीको महासमिति बैठकमा सरकारले अन्तर्राष्ट्रिय फोरममा जाहेर गरेका प्रतिबद्धता अनुरूप तीन वटै तहका सरकारले बजेटको कम्तिमा २० प्रतिशत शिक्षा र अध्ययन अनुसन्धान क्षेत्रकालागि विनियोजनको सुनिश्चितता गरिनुपर्ने संकल्प गर्न प्रस्ताव राखेको छ ।

त्यस्तै, युवा तथा विद्यार्थी विदेश पलायन अर्थात् ब्रेनड्रेनको समस्यालाई समाधान गर्न नेपालको शिक्षा प्रणालीमा समावेश गर्नुपर्ने, कमाउँदै पढ्दै गर्ने नीतिलाई अवलम्बन गर्दै विद्यालय उच्च शिक्षा विधेयक परिमार्जन गरिनुपर्ने, विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति रहने व्यवस्थालाई पुनरावलोकन गरिनुपर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस