२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समाजवादी मोर्चालाई असफल पार्ने प्रयत्न हुँदैछ, निर्णय कार्यान्वयनमा लाग्नू : ‘विप्लव’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाले गरेको निर्णय कार्यान्वयनमा लाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् ।

सोमबार बुद्धनगरस्थित नेकपाको कार्यालयमा उपलब्ध केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनले मोर्चाको कार्यक्रम इमानदारीपूर्वक लागू गर्न निर्देशन दिएका हुन् ।

चार दल सम्मिलित मोर्चाको संयोजक अहिले ‘विप्लव’ छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र आफूले नेतृत्व गरेको नेकपा सम्मिलित मोर्चाको जिम्मेवारी आफूले सम्हालेपछि सक्रिय बनाउनेतर्फ विप्लव लागेका छन् ।

उनले पार्टीका नेताहरूलाई आफ्नो नेतृत्वमा देशैभर मोर्चाको बारेमा प्रचारप्रसार गर्ने, काठमाडौंमा बुद्धिजीवी, वामपन्थी र व्यवसायीसहितको अन्तरक्रिया गर्ने, नेकपा मशालसहित वामपन्थी शक्तिलाई मोर्चामा सहकार्य गराउन पत्राचार गर्ने निर्णय भएको जानकारी गराए ।

उनले समाजवादी मोर्चालाई कमजोर र असफल पार्न विभिन्न ढंगले प्रयत्न भइरहेको समेत बताए । देशको आर्थिक राजनीतिक संकटको निकास दिन र समाजवादी प्रणाली स्थापित गर्न निरन्तर अगाडि बढ्ने महासचिव विप्लवले प्रतिबद्धता जनाए ।