काठमाडौँ । टीआरसी विधेयक पास गर्ने भनेर बोलाइएको कानुन तथा मानव अधिकार समितिको बैठक सुरु नै हुन सकेको छैन । बिहान साढे ११ बजे बोलाइएको बैठक दिउँसो एक बज्दा सम्म पनि सुरु भएको छैन ।
समितिको बैठकमा तीन जना मात्र सांसदहरू उपस्थित छन् । स्रोतका अनुसार समितिका सदस्यहरूले शीर्ष नेताको सहमति कुर्दा बैठकमा ढिलाइ भइरहेको छ ।







