२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

अ+ अ-

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आजका लागि संसद सचिवालयले आह्वान गरेको हो । 

नयाँबानेश्रस्थित संघीय संसद भवनमा बिहीबार बिहान ११ बजे बैठक बस्ने गरी प्रतिनिधि सभा र दिउँसो १:१७ बजे राष्ट्रियसभाको बैठक सचिवालयले बोलाएको छ । यसअघि फागुन २१ गते  बोलाइएको बैठक स्थगन भएको थियो । 

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा आज सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त नयाँ मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने छन् । साथै महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची पनि उल्लेख छ । 

राष्ट्रियसभाको बैठकमा पनि अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने कार्यसूची रहेको छ । राष्ट्रिय सभा अध्यक्षको पदपूर्ति भैनसकेका कारण उपाध्यक्ष उर्मिला अर्यालले सदन सञ्चालन गर्नेछिन् । साथै, प्रधानमन्त्री पुष्पकमल दाहालले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् । 

राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने २१ गतेको सम्भावित कार्यसूचीलाई पनि दोहोर्‍याइएको छ ।