९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ सय वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको उद्घाटन

अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिका-१ दूधपाटीस्थित आठ सय वर्ष पुरानो ऐतिहासिक भाजु पखू र पखूको मध्यभागमा अवस्थित जलेश्वर महादेव मन्दिरको २२ वर्षपछि पुनःनिर्माण सम्पन्न गरी आज उद्घाटन गरिएको छ । 

भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनःनिर्माण सम्पन्न भएको उक्त पोखरी एवं मन्दिरको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्घाटन गरे । 

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको उद्घाटन तथा विमोचन कार्यक्रममा उनले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भाजु पखू र जलेश्वर मन्दिर पुनः निर्माण-२०८०’ पुस्तक पनि विमोचन गरे । 

अध्यक्ष बिजुक्छेँले भक्तपुरको भाजु पखू मानव सभ्यताको एक महत्त्वपूर्ण उपलब्धि भएको भन्दै लोपोन्मुख अवस्थामा पुगेको राष्ट्रिय धरोहरलाई पुनःजीवन दिने काममा पुरातत्त्व विभाग, प्रज्ञा-प्रतिष्ठान र विश्वविद्यालय अग्रसर हुनुपर्नेमा जोड दिए । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका अन्य सम्पदाको पुनःनिर्माण जस्तै भाजु पुखू पुनः निर्माणका क्रममा पुरातत्त्वविद्, संस्कृतिविद्, इतिहासविद्, वास्तुकलाविद्लगायत सरोकारवालाहरूको सल्लाह र सुझावअनुसार अगाडि बढाएको बताए।

नेपाल मजदुर किसान पार्टी बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले लोप हुनै लागेको भाज्या पुखूलाई पुनः निर्माणको सपनाले साकार रूप लिएको बताउँदै भाजु पुखूको पुनःनिर्माण  भक्तपुरका लागि कोसेढुङ्गा साबित भएको बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले घाँसेमैदानमा परिणत भएको यस पोखरीलाई २०७४ सालको स्थानीय तहको निर्वाचनपश्चात् सुरु भएको भाजु पुखू पुन निर्माणले पूर्णता पाएको चर्चा गरे। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधान, इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, दरबार हेरचाह तथा स्मारक संरक्षण अड्डा भक्तपुरका कार्यालय प्रमुख अरुणा नकर्मी, भक्तपुर क्याम्पसका क्याम्पस प्रमुख सहप्राध्यापक कविता लुइँटेललगायतले पोखरीको पुनःनिर्माणबाट भक्तपुरको इतिहास जीवन्त हुने धारणा राखे । विसं २०५८ शिवरात्रिकै दिन सुरु भएको उक्त पुखूको पुनःनिर्माण आज उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस