२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेसँगको हिजोको राजनीतिक कटुतालाई बिर्सिएर अघि बढ्न खोज्दैछौँ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेसँगको हिजोको राजनीतिक कटुतालाई भुलेर अघि बढ्ने बताएका छन् । काभ्रेको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘अहिले फेरि हिजो एमाले एकीकृत समाजवादी भएको ठाउँमा बस्नै नसक्ने, सासै गनाउने स्थिति थियो । अहिले बास्ना आउन थालेको छ । त्यस्तो हुन्छ । कटुता भएको बेलामा मन पर्दैन । अविश्वास बढेको बेलामा शंका हुन्छ । तर, तपाईँहरूले सुन्नुभएकै छ राजनीतिमा कहिले पनि स्थायी शत्रु हुँदैन । मित्र पनि हुँदैन । यो कुरालाई ध्यान गर्नुपर्छ ।’

उनले अहिले एकीकृत समाजवादी एमालेमा मिल्ने भनेर भएको हल्ला सत्यता नभएको जिकिर गरेका छन् ।

उनले थपे, ‘हाम्रो पार्टी कुनै पार्टीसँग मिल्न गइरहेको छैन । हाम्रो पार्टीको आफ्नै विचार र धारणा छन् । नेपालको राजनीतिमा हाम्रो छुट्टै पहिचान, अस्तित्व र भूमिका छन् त्यसलाई अरूले बुझ्दैछन् । अब हामी सबै वामपन्थी लोकतान्त्रिक शक्तिहरूलाई समेटेर अघि बढ्न चाहन्छौँ । यो साझा उद्देश्यका लागि एउटै गठबन्धनमा बसेर होस् वा अलगअलग मोर्चामा बसेको अवस्था होस् उद्देश्यलाई बिर्सन हुँदैन ।’

उनले देश फेरि निर्वाचनमा नजाओस् भन्ने चाहेर नयाँ समीकरणमा सहभागी भएको बताए । प्रचण्डसँग ४० र ओलीसँग ५० वर्षको सम्बन्ध रहेको बताउँदै पुराना कुरा बिर्सेर नयाँ ठाउँमा जाने तयार भएको बताए