२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एमालेको सचिवालय बैठक बस्दै 

अ+ अ-

काठमाडौँ । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दै छ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ । यसका अतिरिक्त सातौँ केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको नेताहरुले बताएका छन् । 

इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ । त्यसमा उम्मेदवार तय गर्न सम्बन्धित जिल्ला र प्रदेश कमिटीबाट उम्मेदवार सिफारिस भएर आएका छन् । 

इलाम-२ का लागि ६ जनाको नाम सिफारिस भएको छ भने बझाङ-१ मा तीन जनाको नाम सिफारिस भएको छ । बैठकमा ती नामहरूमाथि समेत छलफल हुने प्रचार विभाग प्रमुख गौतमले बताए ।