‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘आइएमई पे’मार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपालको डिजिटल वालेट ‘आइएमई पे’मार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बोनस पाइने भएको छ । 

आइएमई पेले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो ।

अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ बोनससम्म पाउनेछन् ।

मनीग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने जनाइएको छ ।

फागुन १० गतेबाट सुरु भएको अफर दुई महिना सम्म रहने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस