८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानी ओसार्न थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्था अन्त्य गर्ने मन्त्री राईको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्री राजेन्द्र राईले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो र कम्मरमा गाग्री बोक्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने बताएका छन् । आइतबार धनकुटाको साँगुरीगढी गाउँपालिका-६ नाम्जेस्थित नाम्जे विद्यालय समुदाय सिँचाइ योजनाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो बताएका हुन् ।

अहिले पनि खानेपानी ओसार्नका लागि आमा दिदीबहिनीहरूले धेरै दुख गर्नु परिरहेको भन्दै उनले अब यो अवस्थाको अन्त्य गर्ने गरी काम गर्ने दाबी गरे ।

‘आमा, दिदीबहिनीहरूले पानी ओसार्नका लागि अहिले पनि धेरै दुख गर्नु परिरहेको छ, देशभरका धेरै ठाउँमा यस्तो समस्या छ’, मन्त्री राईले भने, ‘अब दिदीबहिनीहरूले पानी ओसार्नका लागि थाप्लोमा नाम्लो बोक्नु पर्ने र कम्मरमा गाग्री बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्छौ ।’

देशभरको खानेपानी समस्या समाधानका लागि द्रुत गतिमा काम गर्ने उनको भनाइ छ । खानेपानी समस्या समाधान गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको भन्दै मन्त्री राईले यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्ने उल्लेख गरे ।

अहिले गाउँ-गाउँमा विकासले गति लिँदै गएको उनको भनाइ छ । तीव्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकारमात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा राखेका छन् ।

आफ्नो गृह जिल्ला भएकाले धनकुटालाई प्राथमिकतामा राखेर काम गर्ने मन्त्री राईले बताए । खानेपानीको समस्या क्रमशः हल गर्दै जाने भन्दै उनले धनकुटामा खानेपानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बचन दिएका छन् । आफू शासक नभई जनताको सेवक भएको तर्क गर्दै उनले जनताले आफूलाई दिएको मत कहिल्यै खेर जान नदिने दाबी गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री राई आइतबार काठमाडौँ फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस