२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राइटनविरुद्ध २-१ को जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा

अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान एनफिल्डमा आइतबार ब्राइटनविरुद्ध २–१ गोलको पुनरागमन जित निकाल्दै लिभरपुल प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । 

लिभरपुलले २९ खेलबाट ६७ अंक बनाउँदा दोस्रो स्थानमा रहेको आर्सनल २८ खेलबाट ६४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आइतबार लिभरपुलसँग पराजित भएको ब्राइटन भने ४२ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।

ब्राइटनले लिभरपुलविरुद्ध सुरुआती अग्रता लिए पनि जोगाउन असफल भएको थियो । डेनी वेलबेकले गोल गर्दै खेल सुरु भएको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । २७ औं मिनेटमा लुईस डियाजले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलमा लिभरपुलले निर्णायक गोल दोस्रो हाफमा गरेको थियो । लिभरपुलका लागि मोहमद सलाहले ६५ औं मिनेटमा गोल गर्दै २-१ को अग्रता दिलाए । सलाहले एलेक्सिस एलिस्टरको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल नभएपछि लिभरपुल अन्ततः २-१ को जितका साथ तालिकाको शीर्ष स्थानमा उक्लन सफल भयो ।