२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१०६ रनको फराकिलो अन्तरले दिल्लीलाई हराउँदै केकेआर शीर्ष स्थानमा उक्लियो

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्स (डिसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । 

पहिला ब्याटिङ गरेको केकेआरले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । केकेआरका लागि सुनिल नारेन र  अंगकृष रघुबंशीले अर्धशतकीय पारि खेल्दा अन्य खेलाडीको पनि प्रदर्शन सम्झन लायक रहेको थियो । पहिलो विकेटका लागि फिल साल्ट र सुनिल नारेनले ४.३ ओभरमा ६० रनको साझेदारी गरेका थिए । फिल साल्ट १२ बलमा १८ रन बनाउँदा चार चौका प्रहार गरेर आउट भए । त्यसपछि सुनिल नारेन र अंगकृष रघुवंशीले ४८ बलमा १०४ रनको साझेदारी गर्दै केकेआरलाई अघि बढाएका थिए । दोस्रो विकेटको रुप्मा सुनिल नारेन ३९ बलमा ८५ रनको विस्फोटक पारि खेल्दै आउट भए । सुनिलले ३९ बलमा समान सात चौका र छक्का प्रहार गरे ।

यसैगरी अंगकृष २७ बलमा ५४ रन बनाएर तीन छक्का र पाँच चौका प्रहार गरेर  क्रिजबाट बिदा भएका थिए । उनी आउट हुँदा १३.२ ओभरमा केकेआरले ३–१७६ को स्कोर बनाएको थियो । नारेन र रघुवंशीपछि आन्द्रे रसेल र श्रीयस अय्यरले मोर्चा सम्हालेका थिए । कप्तान अय्यर ११ बलमा १८ रन बनाएर आउट भए भने क्रिजमा आएका रिंकु सिंहले ८ बलमा २६ रन बनाउँदा तीन छक्का र एक चौका प्रहार गरे । रिंकु सिंह आउट हुँदा केकेआरले पाँच विकेट गुमाएर २६४ रन बनाएको थियो । आन्द्रे रसेल १९ बलमा ४१ रन बनाएर आउट हुँदा सातौं विकेटको रुपमा रमनदीप सिंहले २ रन बनाए । मिचेल स्टार्क एक रनमा नटआउट रहे । दिल्लीका एनरिच नोट्जेले सर्वाधिक ३ विकेट लिँदा इशान्त शर्माले २ विकेट हात पारे ।

विशाल जवाफी लक्ष्यसहित मैदान उत्रिएको दिल्लीको सुरुआत राम्रो भएन । मिडिल अर्डरमा कप्तान ऋषभ पन्त र ट्रिस्टन स्टब्सले अर्धशतकीय पारि खेले पनि फराकिलो हार टरेन ।

कप्तान पन्तले ५५ तथा स्टब्सले ५४ रनको पारि खेल्दा डेभिड वार्नर १८ र पृथ्वी सा १० रनमा पभेलियन फर्किए । मिचेल मार्स, अभिषेक पोरेल, अक्षर पटेलले खाता खोल्नै सकेनन् भने अन्य खेलाडीको पनि स्कोर दोहोरो अंकमा रहेन । अन्त्यमा दिल्ली १७.२ ओभरमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो । दिल्लीलाई समेट्न विभव अरोरा र बरुण चक्रवर्तीले समान तीन तीन विकेट लिँदा मिचेल स्टार्कले २ विकेट हात पारे ।

लगातार जीत निकालेको केकेआर ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ भने दिल्लीको यो तेस्रो हार हो । दिल्ली तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । आइपीएल अन्तर्गत आज राति गुजरात टाइटन्स र पञ्जाव किंग्स भिड्दै छन् ।