२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

अ+ अ-

इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् ।

उनले उद्योगमा महिलालाई रोजगारीको व्यवस्था गरिएको बताउँदै भनिन्, ‘कूल रु २५ लाख लागत रहेको हाम्रो उद्योगलाई नगरपालिकाले तीन लाख २० हजार अनुदान दिएको छ । दश लाख ऋण लिएका छौँ । बाँकी सबै संस्थाको लगानी हो ।’

बुधबार एक औपचारिक कार्यक्रमका बीच नगचबवगरप्रमुख केदार थापाले उद्योगको उद्घाटन गरे । महिलाका समस्या समाधानमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख थापाले उद्योगले महिलालाई रोजगारीको अवसर सिर्जना गर्ने र यहाँको आवश्यकता यही उत्पादनले धान्ने विश्वास व्यक्त गरे । ‘अहिलेकै उत्पादनले परिपूर्ति नहोला तर, उत्पादनमा वृद्धि गरेर ‘प्याड’मा इलामलाई आत्मनिर्भर बनाउने कुरामा सफलता मिल्छ भन्नेमा ढुक्क छु’, उनले भने, ‘महिलाले उद्योग सञ्चालन गरेको कुराले समाजमा सकारात्मक सन्देश प्रवाह भएकामा खुसी छु ।”

उक्त उद्योगले हाल ‘ब्रान्डिङ, प्याकेजिङ, लेवलिङ’को काम गरिरहेको संस्थाकी अध्यक्ष बबिता लिङदमले जानकारी दिइन् । उद्योगमा बजारको अवस्था हेरेर उत्पादनका सबै काम गरिने उनले बताइन् । उनका अनुसार उद्योगमा अहिले दुई जना महिला कार्यरत छन् । उद्घाटन कार्यक्रममा उपप्रमुख विष्णु दाहाल, वडाध्यक्षहरू नुतनदेव दुलाल, नरेश श्रेष्ठ, गायत्रीराम बस्नेत, पत्रकार महासङ्घका अध्यक्ष विप्लव भट्टराई, औषधि व्यवसायी सङ्घका अध्यक्ष वासु घिमिरे, महिला सशक्तीकरणकी अध्यक्ष ज्योतिमाला प्रधानको उपस्थिति थियो ।