२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसदको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताएका छन् ।

‘भिएसओ’ नेपालको निमन्त्रणामा विशिष्ट स्वयंसेवकका रूपमा आठ दिनका लागि नेपाल आएका उडले महिला शिक्षा तथा लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका निम्ति सञ्चालित परियोजनाका गतिविधिबारे जानकारी लिएका छन्। विराटनगर र बाराका स्थानीयलाई भेटेर काठमाडौँ फर्कनुभएका लेबर पार्टीका नेता उनले त्यहाँ भइरहेको सामाजिक रूपान्तरणको प्रशंसा गरे ।

उन बाराका दलित समुदायमा शिक्षा र परिवर्तनप्रतिको चाहनाबाट आफू प्रभावित भएको जनाउँदै एफसिडिओको सहयोगमा भिएसओ नेपालले सीमान्तकृत समुदायका बालिका शिक्षा तथा जीवनयापनका लागि सञ्चालन गरेका कार्यक्रम अनुकरणीय पाएको बताए।

बेलायतका तत्कालीन प्रधानमन्त्री गोर्डेन ब्राउनका विशेष सल्लाहकार उडले नेपालमा भएका सकारात्मक परिवर्तनबारे आफ्नो मुलुकमा उल्लेख गर्ने बताउँदै विविध संस्कृतियुक्त नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायत सरकारको सहयोग बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे । अक्सोफोर्ड विश्वविद्यालयमा राजनीति शास्त्र अध्यापन गरेका उनले नेपालको शैक्षिक उन्नयनका खतिर साझेदार बढाउन र बेलायती पर्यटकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने बताए ।

‘भिएसओ’ नेपालका देशीय प्रतिनिधि जयशङ्कर लालले उडजस्ता स्वयंसेवकले नेपालमा गरेको सेवाले आफूहरूलाई सामाजिक क्षेत्रमा गर्दै आएका काममा ऊर्जा थपिएको बताए ।