२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्जाबलाई हराएसँगै शीर्ष स्थानमा राजस्थानको फराकिलो अग्रता

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले आफ्नो उच्च फर्मलाई जारी राखेको छ। शनिबार भएको खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा पाँचौं जित निकाल्यो।

जारी सिजन ६ खेलमा राजस्थान १ खेलमा मात्र हारेको छ। राजस्थान अंक तालिकामा १० अंकका साथ दोस्रो स्थानको कोलकाताभन्दा ४ अंकले अघि रहेको छ।

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाएको थियो। उसका लागि आशुतोष शर्माले ३१ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक लियम लिभिङस्टोनले २१ तथा जितेश शर्माले २९ रन बनाए।

त्यस्तै, अथर्व टेइडले १५ र जोनी ब्यारिस्टोले १५ रन बनाएका थिए। पञ्जाबविरुद्ध कसिलो बलिङ गर्ने क्रममा राजस्थानका आभेस खान र केशव महाराजले समान २-२ विकेट लिँदा ट्रेन्ट बोल्ट, कुल्दीप सेन र यजवेन्द्र चाहलले समान १-१ विकेट लिए।

१ सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले अन्तिम बल बाँकी हुँदा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍याे। राजस्थानका लागि यश्शवी जैशवालले ३९ रन बनाउँदा तन्सु कोटीयनले २४ तथा सन्जु स्यामसनले २३ रन बनाए।

त्यस्तै, सिम्रन हेटमेयरले २७ रनको नटआउट इनिङ खेलेका थिए। विजयी छक्का प्रहार गरेका हेटमेयर म्यान अफ द म्याच घोषित भए।

पञ्जाबका लागि कागिसो रबडा र साम कुरानले समान २-२ विकेट लिँदा अर्सदीप सिंह, लियम लिभिङस्टोन र हर्षल पटेलले १-१ विकेट लिए।