७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ हप्ता युद्धविराम गरे बन्धकहरूलाई रिहाइ गर्ने हमासको सर्त

अ+ अ-

काठमाडौँ । छ महिनादेखि युद्धरत इजरायल र हमासबीच युद्धविरामको प्रयास सफल हुन सकेको छैन । हमासको कब्जामा रहेका इजरायली नागरिकहरूलाई छुटाउन इजरायलले राखेको प्रस्ताव अस्वीकार गरेको हमासले युद्ध विरामका लागि नयाँ प्रस्ताव अघि सारेको छ । हमासले इजराइली बन्दीहरूको रिहाइका लागि इजरायली रक्षा बलले गाजा भइरहेका आक्रमण रोक्नुपर्ने र शहरी क्षेत्रहरूबाट ६ हप्तासम्म फिर्ता हुनुपर्ने सर्त राखेको हो । 

एक मिडियाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार हमासले युद्धविराम र बन्धकहरूको रिहाइको लागि मध्यस्थकर्ताहरुमार्फत् यस्ता सर्त अघि सारेको हो । हमासले १२९ जना बन्धकहरूलाई रिहा गर्नुअघि इजरायलले छ हप्ताको युद्धविराम गर्नुपर्ने माग गरेको हो । तर इजरायली सरकारको भने यसबारे कुनै प्रतिक्रिया आएको छैन । हमासले ६ हप्तासम्म युद्धविराम गरेपछि मात्रै इजरायली नागरिकहरूलाई रिहा गर्ने भनेको हो । 

त्यस्तै, प्रति इजरायली नागरिकका लागि ३० प्यालेष्टिनी बन्दी रिहा गर्नुपर्ने हमासको सर्त छ । साथै, यसले प्रत्येक कब्जा गरिएका सैनिकहरूको लागि ५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नुपर्ने भनेको छ । 

हमासले अक्टोबर ७ मा इजरायली सहरहरूमा पाँच हजारभन्दा बढी रकेट प्रहार गरेर आक्रमण सुरु गरेको थियो । यसपछि हमासका आतंककारीहरूले इजरायलमा प्रवेश गरी मानिसहरूको हत्या गरेका थिए । यसको जवाफमा इजरायलले गाजामा हमासका आतंककारीहरू विरुद्ध कारबाही सुरु गरेको थियो । यस अपरेसनमा गाजामा हमासको स्थानमा व्यापक बमबारी भयो, जसका कारण गाजाको अधिकांश भाग भग्नावशेषमा परिणत भएको छ । इजरायल र गाजामा हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस