११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझायो

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला कमिटीले वडादेखि सम्बन्धित कमिटीको अधिवेशन, सञ्चालन गरेका सङ्गठन सुदृढीकरण तथा सदस्य बिस्तार, प्रशिक्षणलगायतका प्रगतिको विवरणको प्रतिवेदन केन्द्रमा पठाएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधि छनौटका लागि नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदनका साथै महाधिवेशन केन्द्रित अभियानमा सञ्चालित राजनीतिक कार्यक्रम केन्द्रमा बुझाएको हो । त्यसको विस्तृत अध्ययन गरिएपछि यही वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने छ ।

पार्टीले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेन महाधिवेशन दस्तावेज लेखन समितिलाई बुझाइएको छ । उक्त समितिले ती प्रतिवेदनमा थप छलफल गरेपछि एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने तयारी गरिएको उनले जानकारी दिए ।

राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ । समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा वैज्ञानिक समाजवादी अर्थव्यवस्थाको अवधारणा, स्वरुप र संरचना, अन्तर्राष्ट्रिय अभ्यासलाई समेटिएको छ ।

देशभर पार्टीको साङ्गठनिक अवस्था उल्लेख गरिएको साङ्गठनिक प्रतिवेदनमा पार्टीको वैचारिक दृष्टिकोणलाई आगामी दिनमा जनताका बीच लैजान सुझाइएको छ । विधान प्रतिवदेनमा वडादेखि केन्द्रसम्म निर्वाचित हुनुपर्ने, पार्टीको केन्द्रीय तहमा ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिता गराउने विषयलाई महत्व दिइएको छ ।

महाधिवेशन सफल बनाउन पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी गरेको छ । उक्त कमिटीअन्तर्गत अन्य १३ कमिटीले सम्बन्धित कार्यक्षेत्रका तयारी तीव्र रुपमा सञ्चालन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस