२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश प्रमुख गैरजिम्मेवार, प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुन्छ : गण्डकी काँग्रेस

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले सर्वोच्च अदालतको आदेश अवहेलना गरेको बताएका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै पाण्डेले सर्वोच्चको आदेश अवहेलना हुने गरी सरकारले विभिन्न नियुक्ति र प्रदेश सभा बैठक आह्वान गर्नु गैरजिम्मेवार भएको बताएका हुन् ।

‘‘अदालतको आदेशको समेत अवहेलना हुने गरी गण्डकी प्रदेश सरकारले विभिन्न नियुक्तिहरू गर्नु तथा वैशाख ७ गते दिउँसो ३ बजेकालागि प्रदेश सभा बैठक आह्वान गर्न सिफारिस गर्नु र मा। प्रदेश प्रमुखले बैठक आह्वान गर्नु अर्को गैर जिम्मेवार कदम हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

आदेश र संविधानको बेवास्ता गर्दै गरिएका क्रियाकलापप्रति गम्भीर असहमति रहेको निवर्तमान मुख्यमन्त्री पाण्डेले बताए । यसबाट प्रदेश सभामा द्वन्द्वको वातावरण सिर्जना हुने पाण्डेले उल्लेख गरे ।

सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले चैत २८ गते सरकारलाई नियमित कार्य सञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो ।

अर्को पेशी वैशाख १० लाई तोकिएको छ । तर, मुख्यमन्त्रीले त्यस अगावै विश्वासको मत लिने तयारीमा जुटेका छन् । सोहीअनुसार वैशाख ७ गते प्रदेश सभा अधिवेशन आह्वान भएको छ ।