७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको एसिया कप खेल्ने सम्भावना समाप्त

अ+ अ-

काठमाडौँ। साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भयो ।

हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ ।

अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो।

नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दीप जोराले सर्वाधिक ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए। इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए। रोहित पौडेलले १८ बलमा ५ रन जोडे भने आसिफ शेखले ८ रन बनाए। कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए।

यूएईका जुनैद खान, अलि नासिर र बासिल हमिदले २/२ तथा आयान अफजल खान, मुहम्मद फारुक र ओमिद सफि रहमानले एक एक विकेट लिए।

यूएईले १७.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ओपनर एलिसान सराफुले सर्वाधिक ५५ रन बनाए। विष्णु सुकुमारनले २८, आसिफ खानले १० र सेयद हैदरले १४ रन बनाए। १२ रन जोड्दा पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेको थियो।

गुल्सन झाले २ तथा ललित नारायण राजवंशी र सोमपाल कामीले एक एक विकेट लिए। प्रतियोगिताको विजेता एसिया कपका लागि छनोट हुने छ।

नेपालले गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको थियो। यस पटक नेपालले समूहगत चरणका सबै ४ खेल जितेर विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया दिनुहोस