काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयहरूले आफ्ना कार्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठन प्रभावित हुने गरी अन्य कार्यमा नलगाउन निर्देशन दिएको छ ।
महानगरले सूचना जारी गर्दै पठनपाठन प्रभावित हुने गरी विद्यालय समयभित्र एसइईको उत्तपूस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरूमा शिक्षकहरूलाई नपठाउन निर्देशन गरेको हो ।
महानगरको शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले सूचना जारी गर्दै विद्यालयहरूलाई यस्तो निर्देशन दिएकी हुन् ।
विद्यालयको नियमित पठनपाठन प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुन महानगरले सचेत गराएको छ । अन्यथा प्रचलित कानूनबमोजिम कारबाही हुने पनि महानगरले जनाएको छ ।