सामाजिक सुरक्षामा सबै रोजगारदाता सूचीकृत गराउन निर्देशन « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सामाजिक सुरक्षामा सबै रोजगारदाता सूचीकृत गराउन निर्देशन


१३ बैशाख २०८१, बिहिबार


काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सबै रोजगारदातालाई सूचीकृत गराउन संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधि सभाको बिहीबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको उक्त योजनामा सरकारी तथा निजी क्षेत्रबाट सञ्चालित सबै रोजगारदाता संघ-संस्था, प्रतिष्ठानलाई तत्काल सूचीकृत गराउन निर्देशन दिएको हो ।

समितिले त्यहाँ कार्यरत कर्मचारी, श्रमिकलाई कोषमा आबद्ध गराउँदै अनौपचारिक क्षेत्रमा रहेका कामदारलाईसमेत योजनामा आबद्ध गराई सेवा सुविधा उपलब्ध गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको समितिका सभापति अब्दुल खानले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस