२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोनी वेरिस्टोको शतकीय पारिमा पञ्जावले बनायो टी-२० सर्वाधिक रन चेजको रेकर्ड  

अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा पञ्जाव किंग्सले सर्वाधिक धेरै रन चेस गरेर रेकर्ड कायम गरेको छ । शुक्रबार राति कोलकाता नाइट राइडर्सले दिएको २६२ रनको विशाल लक्ष्य पञ्जावले ८ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गरेको थियो । पञ्जावलाई ८ विकेटको शानदार जित दिलाउन लागि जोनी वेरिस्टोले शतकीय पारि खेल्दा प्रभसिमनर सिंह र शशांक सिंहले अर्धशतकीय पारि खेले ।

विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जावले राम्रो सुरुआत गरेको थियो । पहिलो विकेटका लागि प्रभसिमरन र जोनी वेरिस्टोले ६ ओभरमा ९३ रनको ठोस साझेदारी गरेका थिए । २० बल खेलेका प्रभसिमरन ५४ रन बनाएर रनआउटको सिकार भए । उनले पाँच छक्का र चार चौका प्रहार गरे । त्यसपछि रिले रुसोसँग वेरिस्टोले पारि अघि बढाए । रुसो १६ बलमा २६ रन बनाएर आउट हुँदा दुई छक्का र एक चौका प्रहार गरे । त्यसपछि शशांक सिंह र जोनी वेरिस्टोले पञ्जावलाई जित दिलाए । वेरिस्टोले ४८ बलमा १०८ रनको नटआउट शतकीय पारि खेले । उनले नौं छक्का र आठ चौका प्रहार गरे । यस्तै, २८ बलमा ६८ रन बनाएका शशांकले आठ छक्का र दुई चौका प्रहार गरे ।

कोलकाताका सुनिल नारेनले एक विकेट लिए । पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर २६१ रन बनाएको थियो । कोलकाताले उत्कृष्ट सुरुआत गरेको थियो । १०.२ ओभरमा ओपनरद्वय फिल साल्ट र सुनिल नारेनले १३८ रनको साझेदारी गरेको थिए । नारेन ३२ बलमा ७१ रनको पारि खेल्दै आउट भए । उनले चार छक्का र नौं चौका प्रहार गरे । 

यस्तै, फिल साल्टले ३७ बलमा ७५ रन जोड्दा छ छक्का र छ चौका प्रहार गरेका थिए । बेंकटेश अय्यरले २३ बलमा ३९ रन जोड्दा कप्तान श्रीयस अय्यरले १० बलमा २८ रन बनाए । यसैगरी आन्द्रे रसेलले १२ बलमा २४ रन जोडेका थिए । पञ्जावका अर्षदीप सिंहले दुई विकेट लिए ।

 शुक्रबार रातिको जितसँगै पञ्जाव नौं खेलबाट छ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ भने पराजित भएको कोलकाता नाइट राइडर्स आठ खेलबाट १० अंकसहित तालिकाको दशौं स्थानमा छ ।