२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले नै संसदीय छानबिन समिति बनाउन नचाहेको माधव नेपालको दाबी

अ+ अ-

काठमाडौँ । सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन गृहमन्त्री रवि लामिछाने सकारात्मक हुँदा पनि प्रधानमन्त्रीले नै समिति गठन नगरेको नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको आठौँ बैठकको निर्णय सार्वजनिक गर्न राखिएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष माधव नेपालले सहकारी ठगीसम्बन्धी छानबिन गर्ने कुरामा गृहमन्त्री सकारात्मक नै भएको पाएको बताए ।

‘मैले डिटेलमा कुरा गर्न पाएको छैन । तर, सुनेसम्म स्वयं रवि लामिछानेजी पनि गठन (छानबिन समिति) गरौँ न त, गठन गर्ने कुरामा कुनै आपत्ति छैन भन्दै हुनुहुन्छ,’ नेपालले भने, ‘उहाँको भूमिका यसमा सुन्दाखेरि पोजेटिभ नै पाइराखेको छु, छानबिन गरौँ । म दोषी छैन, कुनै प्रमाण छ भने देखाउन्, सक्कली प्रमाण हुनुपर्‍यो भनेर उहाँले मै भएको ठाउँमा पनि प्रधानमन्त्री सँगसँगै भन्दै हुनुहुन्थ्यो ।’

नेपालले अगाडि भने, ‘उहाँले त्यस्तो दाबी गरिरहेको अवस्थामा, त्यसका निम्ति पनि छानबिनका लागि तयार भएको अवस्थामा किन छानबिन कमिटी गठन हुन सकिरहेको छैन, त्यो बुझ्न पाएको छैन । प्रधानमन्त्रीज्यूसँग बेग्लै भेटघाट हुन पाएको छन ।’

गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । तर, समिति गठनकै विषयलाई लिएर सदन अवरुद्ध हुन नहुने नेपालले बताए ।