९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी

अ+ अ-

कञ्चनपुर । कृष्णपुर नगरपालिका-२ बाणीस्थित ग्वालावारी सामुदायिक वनमा अवैधरुपले सालका रुख कटानी गरेको पाइएको छ ।

सालको सुकेको खडा एक र ढलापडा एक गरी दुई रुख बुधबार कटान गरी गोलिया बनाइ तस्करी गर्नका लागि ठिक्क पारिएको अवस्थामा बरामद भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।

खडा रुखबाट ११ र ढलापडा रुखबाट पाँच गरी १६ गोलिया आराको प्रयोग गरी काटेर राखिएको अवस्थामा फेला पारिएको उनले बताए । बरामद काठ तीन सय १५ दशमलव ५० क्युविक फिट रहेको छ । बरामद काठ बाणी सव डिभिजन वन कार्यालयमा राखिएको छ ।

सव डिभिजन वन कार्यालयले अवैधरुपमा काठ तस्करी गर्नका लागि रुख कटानी गर्नेहरुको पहिचान गर्न अनुसन्धानको कार्य अगाडि बढाएको जनाएको छ । सव डिभिजन वन कार्यालयले अनुसन्धान गरी तयार गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने सूचना अधिकारी अवस्थीको भनाइ छ ।

“काठ अवैधरुपमा कसले काटेको भन्नेबारे अनुसन्धान भइरहेको छ”, उनले भने, “चाँडै दोषीको पहिचान गरी कानुनी दायरामा ल्याउछौँ ।” यसअघि कृष्णपुर–२ कै गडबिजुला सामुदायिक वनमा अवैधरुपमा काठ कटान गरी तस्करी गरेको आरोपमा वनका पदाधिकारी पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस