२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित 

अ+ अ-

काठमाडौँ । अभ्यास खेलमा नेपाली क्रिकेट टिम ४९ रनले विजयी भएको छ । विश्वकप क्रिकेटको तयारीमा रहेको नेपालले गएराति भएको खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध लगातार दोस्रो जित निकालेको हो ।

पार्कहिल मैदानमा नेपालले पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । जबाफी ब्याट्री गरेको विनवार्डसले १८.४ ओभरमा १३० रनमै समेटियो । 

नेपाले पहिला ब्याटिङ गर्दा अनिल साहले २७ बलमा चार चौका र चार छक्कासहित ५० रनको अर्धशतकीय पारि खेले । यस्तै, कप्तान रोहित पौडेलले ४१ रन बनाउँदा कुशल भुर्तेलले ३८ रन जोडेका थिए । यसैगरी दीपेन्द्रसिंह ऐरीले २६ रन जोड्दा प्रतिश जिसीले ६ रनको योगदान गरे । 

सन्दीप जोराले २ तथा गुल्सन झाले एक रन बनाएका थिए । सोमपाल कामीले ३ तथा अविनाश बोहोराले खाता नखोली नटआउट रहे । शुरुमै आशिफ शेखलाई गुमाएको नेपाललाई भुर्तेल र साहले राम्रो साझेदारी गरेका थिए ।  

विनवार्डसका निकोलस रेडहड, साडरक डेसकार्ट र डेरिन नेडले दुई दुई विकेट लिए ।

१८० रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको विनवार्डसले सुरुआत राम्रो गरे पनि मध्यक्रम फ्लप भएको थियो । पहिलो विकेटका लागि किमानी मेलियुस र अकिम अगस्टीले ७३ रुनको साझेदारी गर्दै नेपाली बलरमाथि हाबी भएका थिए । उक्त साझेदारीलाई नेपालका कुशल भुर्तेलले तोडेका थिए । 

उनले सन्दीप जोराबाट क्याच आउट गर्दै मेलियुसलाई आउट गराए । उनी २७ बलमा ५० रनको पारि खेलेर पभेलियन फर्किए । त्यसपछि खेलमा फर्किएको नेपालले अन्य खेलाडीलाई हाबी हुन दिएन । दोस्रो सर्वाधिक रनको रूपमा अगस्टीले १८ बलमा २५ रन बनाए । उनलाई गुल्सन झाले रोहित पौडेलबाट क्याच आउट गरेका थिए । लेरी एडवार्डले १४ बलमा १२ रन बनाउँदा डिलोन डगलसले ८ बलमा ११ रन जोडे ।

नेपालका गुलसन झा र कुशल भुर्तेलले तीन तीन विकेट लिए । गुलसनले ३ ओभरमा १८ रन खर्चिदा भुर्तेलले ३ ओभरमा १२ रन दिएका थिए । यस्तै, सोमपाल कामी, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहोराले समान एक एक विकेट लिए ।

यसअघि पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।  नेपालले अब शनिबार तेस्रो अभ्यास खेल खेलेर अमेरिका प्रस्थान गर्ने छ । अमेरिकाको ह्युस्टनमा नेपालले प्रशिक्षण गर्ने व्यवस्था मिलाइएको छ ।