२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम गर्नुपर्छ : राष्ट्रपति पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन् ।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बार स् न्यायपालिकाको पुनः संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ नाराका साथ नेपाल बार एशोसिएसनले यहाँ आज सुरु भएको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले देशमा सुशासन कायम हुनुपर्नेमा जोड दिए । 

“लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता तथा अन्याय निवारणको उपाय र उपचार हो”, राष्ट्रपति पौडेलले भने, “विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले बिर्सन हुन्न ।”

राष्ट्रपति पौडेलले न्याय महसुस हुनुपर्ने उल्लेख गर्दै भने, “न्याय, न्याय भनेर मात्र पनि पुग्दैन, यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ ।” 

संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्ने उल्लेख गर्दै उनले यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आबद्ध विद्धान कानुन व्यवसायी रहेको बताउनुभयो । न्याय आफै हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको भन्दै राष्ट्रपति पौडेलले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आ–आफ्नै भूमिका हुने हुँदा बार र बेञ्चबीचमा बेलाबेलामा छलफल तथा अन्तरक्रिया हुनेगरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे । 

“न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो”, राष्ट्रपति पौडेलले भने । विभिन्न अभाव र समस्या रहे पनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसात् गर्नुपर्ने उनको भनाइ थियो ।  

राष्ट्रपति पौडेलले भने, “न्याय दिने दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्म मै प्रतिविम्बित हुनुपर्दछ भन्ने मान्यता बनाउनु पर्दछ ।”

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, लोकतन्त्र तथा मानवअधिकारको क्षेत्रमा सदैव क्रियाशील बार एशोसियसनले न्याय कानुनका विषयमा गर्ने महत्त्वपूर्ण र उद्देश्यमूलक छलफलबाट निस्कने मुलुकमा न्यायपूर्ण एव सुशासनयुक्त अवस्था सिर्जना गर्न मद्दत पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे । न्यायपूर्ण जीवनशैली बोकेका र अध्ययन अनुसन्धानमा समर्पित कानुन व्यवसायी न्यायपालिकाको सहयोगीमात्र हैन त्यसको सारथी पनि हुनसक्ने उनको भनाइ थियो । “यसका लागि उसको समर्पण र त्याग न्यायका लागि हुनुपर्ने खाँचो छ”, उनले भने । 

लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने राष्ट्रपति पौडेलको भनाइ थियो । “सक्षमताका निमित्त ऊ आफै निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्दछ र न्यायसम्पादनमा समरुपता हुनुपर्छ”, उनले भने–“सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ र त्यसको सुरक्षाको ख्याल नेपाल बारले राख्नुपर्ने हुन्छ ।”

यही जेठ ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरबाट करिब सात हजार कानुन व्यवसायीको सहभागी भएका छन्। उद्घाटन समारोहमा वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता सर्वज्ञरत्न तुलाधरलाई अभिनन्दन गरिएको थियो । राष्ट्रपति पौडेलले अभिनन्दन पत्र र दोसल्ला ओढाएर उनलाई सम्मान गरेका छन् । वरिष्ठ अधिवक्ता तुलाधर बारको पूर्वअध्यक्ष समेत छन् ।