२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता समीकरण परिवर्तन भएपछि काँग्रेसमा छटपटाहट देखियो : शंकर पोखरेल

अ+ अ-

राँझा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले सत्ता समीकरण परिवर्तन भएपछि नेपाली काँग्रेसमा छटपटाहट देखिएको आरोप लगाएका छन् । 

एमाले बाँकेको नवौँ जिल्ला अधिवेशनलाई शुक्रबार नेपालगञ्जमा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारलाई तीन महिना पनि काम गर्न नदिएर सत्ताका लागि छटपटाहट देखाएको बताए ।

उहाँ भन्नुभयो, “एमाले सरकार र सत्ता नभएपछि छटपटाउने पार्टी होइन तर काँग्रेस सत्ताबिना बस्न सक्दैन । कम्तीमा तीन महिनाको समय काम गर्न दिनुपर्थ्यो तर संसद् अवरुद्ध गरेर काँग्रेसले सत्ताका लागि छटपटाहट देखायो ।”

उनले एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको बताए । अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको र जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टि भएको पनि महासचिव पोखरेलको भनाइ थियो । 

“विसं २०७९ को चुनावमा हामीले चाहेजस्तो जनादेश पाएनौँ तर दुई तिहाइ ल्याउने भन्दै गठबन्धन गरेका दलले पनि बहुमत ल्याउन सकेनन्”, महासचिव पोखरेलले भने, “जनताले रोजेको पहिलो पार्टी एमाले भए पनि सरकार चलाउने जनादेश हामीलाई प्राप्त हुन सकेन ।” अब एमालेले सरकारको कुर्सी र भागबण्डामा भन्दा २०८४ को चुनावमा ध्यान केन्द्रित गरेकाले एक्लै बहुमत आउने गरी तयारीमा लाग्न नेता कार्यकर्तालाई उनले आग्रह गरे ।

जिल्ला अध्यक्ष किस्मतकुमार कक्ष पतिको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्याल, पोलिटब्यूरो सदस्य सुजिता शाक्य, बाँके इन्चार्ज खेममान खड्कालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।