काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका तर्फबाट कार्यदलमा रहेका सदस्यहरूलाई पार्टी संसदीय दलको कार्यालयमा बोलाएको छ ।
सहकारीको रकम हिनामिनासम्बन्धी छानबिनका लागि गठन हुने संसदीय समितिको कार्यादेश (टिओआर) बारे कार्यदलस्तरमा छलफल भइरहेका बेला काँग्रेसले सदस्यहरूलाई बोलाएको हो ।
कानुनमन्त्री पदम गिरी नेतृत्वको कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट जीवन परियार सदस्य छन् । तर कार्यदलको बैठकमा ज्ञानेन्द्र कार्की पनि थपिएका छन् । उनीहरू दुवैलाई कानुन मन्त्रालयमा कार्यदलको बैठक बसिरहेका बेला काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलको कार्यालयमा बोलाएका हुन् ।
दलको कार्यालयमा लेखकसँगै महामन्त्री गगन थापा छन् ।







