२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अ+ अ-

सुनसरी । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बीमागराउने गरी तयारी गरेको बताएकी छन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सुनसरीमा आयोजना गरेको अपाङ्गता भएका व्यक्तिका लागि राष्ट्रिय कार्यक्रम तर्जुमा गर्न विभिन्न निकायबाट सङ्कलित कार्यक्रमको अवस्था अध्ययन विश्लेषण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् । अपाङ्गता भएका व्यक्तिहरूका पक्षमा बढी भन्दा बढी काम गर्ने उद्देश्यले मन्त्रालय अगाडि बढिरहेको भन्दै उनले राज्यले अन्तर्राष्ट्रिय स्तरमा गरेको विभिन्न सन्धि सम्झौताहरूको कार्यान्वयनका निम्ति पनि लागिरहेको बताइन् ।

’हामी आफैले पनि अपाङ्गता भएका व्यक्तिहरूका निम्ति विशेष निगरानीका साथ काम अगाडि बढाइरहेका छौँ । देशभर भएका सबै अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमा गराउने लक्ष्य लिएका छौँ । त्यसो गर्न सकेमा धेरै राम्रो हुन्छ भन्ने उद्देश्यले हामीले पहल गर्दै आएका छौँ’, मन्त्री चौधरीले भनिन्, ’यी कुराहरू यसैपालि पनि सहयोग गर्न सकिन्छ, यदि स्थानीय निकायले सहयोग ग¥यो भने । स्थानीय निकायको निजी आयस्रोत पनि रहेको छ ।’

मन्त्रालयले नयाँ योजना,  नयाँ कार्यक्रमहरू अगाडि बढाउँदै आएको भन्दै उनले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धि सम्झौताहरूमा समेटिएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको पक्षमा काम गर्ने सन्दर्भमा पनि सरकार जिम्मेवार रहेको बताइन् । मन्त्रालयले नयाँ कार्यक्रमका रूपमा ’प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ ल्याएको भन्दै मन्त्री चौधरीले विपन्न परिवारका छोरीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याइएको बताइन् ।

यसै गरी मन्त्री चौधरीले पूर्ण रूपमा अपाङ्गता भएका व्यक्तिहरूको संरक्षण गर्ने विषय अहिले जोडतोडले उठेको भन्दै त्यसलाई समाधान गर्न अहिले केही व्यक्तिलाई सहयोगी उपलब्ध गराउने तयारी गरिएको बताइन् । ’अहिले ११ जनाका निम्ति साङ्केतिक रूपमा सहयोग गर्ने कार्य अगाडि बढाएका छौँ । बाँकी व्यक्तिहरूका निम्ति कार्यविधि बनाएर अगाडि बढ्छौँ’, उनले भनिन्, ’अर्थ मन्त्रालयमा फाइल पठाएका छौँ । त्यो सुविधा दिनुपर्ने सम्पूर्णलाई सुविधा दिँदा प्रत्येक वर्ष करिब ६८ अर्ब पैसा चाहिने रहेछ । वार्षिक त्यति पैसा दिनु भनेको राज्यका निम्ति गाह्रो विषय पनि हो । तर त्यसलाई कसरी गर्न खोजिन्छ भनेर विकल्पहरूको खोजी हामीले गरिरहेका छौँ ।’