११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक रेडियोको विकासमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले वर्तमान सरकार स्वतन्त्र सामुदायिक रेडियोको विकास तथा दिगोपनका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन्। नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथाको २८औँ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको बताए ।

“दक्षिण एसियाकै पहिलो स्वतन्त्र, सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम १०२ थोप्लो ४ मेगाहर्जको २८औँ स्थापना दिवसको जानकारी पाउँदा आफूलाई खुसी छ । रेडियो सगरमाथाले सामुदायिक प्रसारण सेवाको विकासमा अग्रणी भूमिका निर्वाह गरेको छ । साथै सूचना सम्प्रेषणका क्षेत्रमा पुर्‍याएको योगदान उदाहरणीय रहेको छ”, प्रधानमन्त्री दाहालले भने ।

सन्देशमा उनले नेपालको अग्रगामी राजनीतिक परिवर्तन, द्वन्द्वको व्यवस्थापन, शान्ति स्थापना, समतामुलक समाज निर्माण, सामाजिक न्याय, लोकतान्त्रिक संस्कारको प्रवर्द्धन, विधिको शासन, दिगो विकास, वातावरण संरक्षण, मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालगायत क्षेत्रमा रेडियोले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरेका छन् ।

मुलुकले सामना गरिरहेका विद्यमान समस्या तथा तिनको समाधानका उपायसमेत जनतासम्म पुर्‍याउन रेडियो सगरमाथाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको प्रधानमन्त्रीद्वारा जारी शुभकामना सन्देसमा उल्लेख छ । रेडियो सगरमाथाले आज जेठ ९ गते आफ्नो २८औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस