२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा १२ हजारलाई आईपीभी खोप लगाइने

अ+ अ-

काठमाडौँ । डोटी जिल्लाका १२ हजार दुई सय ३७ बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइने भएको छ ।

जेठ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने आईपीभी खोप अभियानमा सो सङ्ख्यामा खोप लगाइने स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । अभियानका लागि जिल्लाभरिमा ४ सय ३८ खोप केन्द्र तोकिएका छन् ।

२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्मको अवधिमा जन्मिएका बालबालिकालाई लक्षित गरी सो अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले बताए ।

पोलियो खोप अभाव भएका कारण देशभरका १४ लाख ६२ हजार ७ सय १२ बालबालिकाले खोप नपाएको उनले जानकारी दिए ।

पोलियो खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियोको जोखिम बढी हुने हुँदा अभियानमार्फत खोप लगाइन लागिएको हो । नेपालमा पोलियो विरुद्धको खोप २०७१ सालदेखि सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय डोटीका अनुसार जेठ १३ गतेदेखि सुरु हुने अभियान बडिकेदार, बोगटान फुड्सिल, पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिकामा १८ गतेसम्म सञ्चालन हुनेछ ।

त्यस्तै, सायल गाउँपालिकामा १९ गतेसम्म, दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकामा २० गतेसम्म, केआई सिंह गाउँपालिकामा २१ गतेसम्म र आदर्श गाउँपालिकामा २२ गतेसम्म सञ्चालन हुनेछ ।