२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुद्धको अस्तुधातुलाई रामग्राम नगर परिक्रममा

अ+ अ-

काठमाडौँ । २५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले श्रीलंकाबाट ल्याएको गौतम बुद्धको अस्तुधातु सहितको धातुजात्रा निकालिएको छ ।

कोलिया गणराज्यको राजधानी पण्डितपुरबाट बुद्धको एकमात्र सिंगो अस्तधातु रहेको रामग्राम स्तूपसम्म करिब १५ किलोमिटर लामो धातुजात्रा निकालिएको हो ।

श्रीलंकाबाट ल्याइएको बुद्धको अस्तुधातुलाई हात्तीमा राखेर नगरका विभिन्न स्थान परिक्रमा गराई सर्वसाधारणलाई दशर्नको व्यवस्था मिलाइएको थियो ।

गत वर्ष प्रधानमन्त्रीको उपस्थितिमा रथ सहितको धातुजात्रा गरिएको र यो वर्ष पनि स्थानीय तह आफैले अपनत्व लिएर धातुजात्रा आयोजना गरिएको नगर प्रमुख धनपत यादवले बताए ।

लुम्बिनी विकास कोषले रामग्राम सहितका अन्य बुद्ध स्थलको विकासमा आवश्यक चासो नदिएको भन्दै स्थानीय तह आफैँले पुरातात्त्विक वस्तु र स्थलको संरक्षणमा लागि परेको हो । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा रामग्राम स्तूपमा अस्तुधातु सहितको कार्यक्रम भएको थियो ।

बुद्ध जयन्तीको अवसरमा नगरपालिकाले सप्ताहव्यापी खेलकुद कार्यक्रम आयोजना गरेको छ ।