२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यूयोर्क राइटर्स वर्कसप काठमाडौँमा

अ+ अ-

काठमाडौँ । न्यूयोर्क राइटर्स वर्कसप इन काठमाडौँको औपचारिक उद्घाटन भएको छ । काठमाडौँ बुढानीलकण्ठस्थित पार्क भिलेजमा आयोजित वर्कसप हिजैदेखि सुरु भएपनि बुधबारदेखि औपचारिकरुपमा सुचारु भएको हो ।

नेपालमा मात्रै नभएर सम्भवतः दक्षिण एशियामै पहिलो पटक यस किसिमको सघन कार्यशालाको आयोजना गरिएको हिमालयन कवि एवम् हिमालयन साहित्य महोत्सवका संरक्षक युयुत्सु शर्माले जानकारी गराए ।

उनले हरेकले अनुभव बाँड्ने र सिक्ने कुरामा जागरूकता देखाउनुपर्नेमा जोड दिए । ‘नेपालीहरूमा कवित्व रहेको छ । तर गुरुत्वको भावनाले पनि ग्रसित छ । अन्तर्राष्ट्रियस्तरमा प्रकाशित लेखकहरूमा भएको यो किसिमको सिकाइ संस्कृतिबाट हामीले सिक्न जरुरी छ’, शर्माले सम्बोधनका क्रममा भने ।

पाँचै महादेशबाट ३५ जना लेखक/कविहरूको सहभागिता रहेको कार्यशालामा ४ जना सहजीकरणको भूमिकामा रहेका शर्माले बताए । आगामी जुन ३ सम्म सञ्चालन हुने वर्कसपमा अन्तरसांस्कृतिक आदानप्रदान हुने आयोजकले बताएको छ । शर्माले भने, ‘यो वर्कशप एक्सपर्टहरूको इन्टेन्सिभ मिटिङ हो, विविध संस्कृतिहरूको संयोजन हो । एक इन्टेन्स सेमिनार हो ।’

अन्तर्राष्ट्रियस्तरका लेखकहरूलाई नेपालका सांस्कृतिक महत्वका मठमन्दिर एवम् ऐतिहासिक विषयमा लेखनबारे उत्प्रेरित गरिने शर्माले जानकारी दिए । मे २७ र २८ काठमाडौँ गेस्ट हाउसमा हुन लागेको हिमालयन लिटरेचर फेस्टिभल कवि गोपाल प्रसाद रिमालप्रति समर्पित रहेको र आगामी दिनमा हुने फेस्टिभलमा अन्य कुनै नेपाली कविलाई समर्पित गरिने शर्माको भनाइ थियो ।

त्यस्तै, कार्यशाला बारेमा जानकारी दिँदै अमेरिकी प्राध्यापक एवम् कवि टिम टोमिल्सनले यो वर्कसप निकै अगाडिदेखि गर्नेबारे योजना बनाइएको भएपनि कोरोना महामारीलगायतले ढिलो भएको बताए । आफू नेपालमा सन् २०१० मा आउँदा न्यानो स्वागत र सत्कार पाएको र अहिले पनि त्यसैको अपेक्षा रहेको टीमको भनाइ थियो ।

यो वर्कशपको अवधारणा न्यूयोर्कमा सुरु भएपनि पछिल्लो समय यो बढी एसियन बनेको उनले बताए । नेपालमा कार्यशाला गर्न पाउँदा र हिमालयन साहित्य महोत्सवमा त्यसको परिणाम प्रदर्शन गर्न पाउँदा आफूहरू हर्षित भएको बताए ।

कार्यशाला शहर र प्रकृतिसँग जोड्ने किसिमले सञ्चालन हुने उनको भनाइ छ । काठमाडौँ, पोखरा र चितवनमा यसको सञ्चालन हुनेछ । अन्य क्षेत्रमा पनि यही मोडलमा काम गर्ने टीमले बताए ।

त्यसैगरी, अर्का अमेरिकी लेखक रवि शंकरले यो कार्यशाला केवल भेटघाटको लागि मात्र नभएर कविता, आख्यान, गैरआख्यान, फोटोग्राफी एवम् जस्तोसुकै लेखनका विषयमा छलफल र सघन ज्ञान र अनुभवको आदानप्रदान हुने बताए ।

नेपालको प्रख्यात कवि रिमालप्रति समर्पित हिमालयन लिटरेचर फेस्टिभलमा चार दिन सञ्चालित कार्यशालाबाट आएको परिणाम देखाइने बताए । आफू सन् २०१४ मा भूकम्प अघि नेपाल आएको र यहाँको स्वागत र सत्कारले आफू लोभिएको बताउँदै अबका बसाइपनि राम्रो हुने अपेक्षा व्यक्त गरे ।

संसारमै फरकमध्येको यो वर्कशप रहेको बताउँदै शंकरले यसमा स्थानीय र अन्तर्राष्ट्रिय लेखकहरूले आफ्ना अनुभव बाँड्ने र जसको उद्देश्य सर्वोत्तम विचार र लेखनलाई उजागर गर्नु रहेको बताए ।

मे २६ सम्म कार्यशाला हुनेछ । जहाँ रिमालकै कविता वाचन गरिने र महोत्सवमा देखाइने छ । त्यस्तै, महोत्सवमा वर्कशप, समूह गतिविधि, वाचन र सांस्कृतिक कार्यक्रमहरू रहनेछन् । त्यस्तै, २९ र ३० मेमा पोखरामा कार्यक्रम हुने तथा ३१ मे र १ जुनमा चितवनमा कार्यक्रमहरू हुने आयोजकले जनाएको छ ।