२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायातमन्त्री महासेठले भने-न्युरोडमा काठमाडौँ महानगरले सडक तोडफोड गर्‍यो

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँ न्युरोडमा काठमाडौँ महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँ महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन साहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए ।

सम्बन्धित समाचार : यातायातमन्त्री रघुवीर महासेठलाई उपहार भन्दै बालेनले पठाए एक ट्रक धूलो

मेयर साहले चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । त्यसको प्रतिक्रिया दिँदै मन्त्री महासेठले भने, ‘कलङ्की देखि महाराजगजको कुरा व्यक्तिगत रूपमा सल्लाहका रूपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ति छैन । सुझावका रूपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाव छ, तयो काननुसम्मत छैन । यत्ति हो मेरो कुरा ।’

शनिबार काठमाडौँ महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा महमानगरले फोहोर फालिदिएपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् ।

डिभिजन कार्यालयले शनिबार राति नै विज्ञप्ति जारी गर्दै अनुमतिबिना न्युरोडको स्टान्टर्ड मापदण्ड घटाउने काम भइरहेको हुँदा आफूहरूले रोकेको तर, महानगरले विषयान्तर गरेर चक्रपथको विषय जोडेको स्पष्टीकरण दिएको थियो ।

सम्बन्धित समाचार : ढोकामै धुलो फालिएकोप्रति सडक डिभिजनले भन्यो- ‘यसरी महानगरपालिकाको गरिमा बढ्दैन’