काठमाडौँ । नेकपा एसनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।
नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित गरेको आरोप लगाउँदै खारेजीको माग गर्दै सोमबार सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयको मुलगेटमा तालाबन्दी गरिएको हो ।
गत जेठ ८ गतेको सहमति विपरीत महासंघले गैर पत्रकारहरूलाई समेटेर महासंघको आगामी जेठ २६ गते हुने निर्वाचनलाई प्रभावित गर्ने गरी सो सदस्यता नामावली छापामार शैलीमा ल्याइएको त्यसको खारेजीको माग गर्दै केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नुपरेको सङ्गठनले जनाएको छ ।
सदस्यता न्यायोचित नहुँदासम्म महासंघको निर्वाचन प्रक्रियाका सबै काममा अवरोध गर्नेसमेत सङ्गठनले चेतावनी दिएको छ ।
समाजवादी प्रेस सङ्गठनले महासंघले नेपाल पत्रकार महासंघका आबद्ध आफ्नो संगठनमा आबद्ध पत्रकारहरूको नामावली सदस्यता सूचीबाट हटाएको समेत दाबी गरेको छ ।