९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद केसीले भने-गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी चाहियो

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग गोप्य सूचना बेच्ने सांसदबारे विस्तृत जानकारी माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै गोप्य सूचना बेच्ने विषय आन्तरिक मामिला नभएको बताए ।

‘देशको गोप्य सूचना विदेशमा बेच्ने सांसद यही संसदमा छ भनेर केही दिन अगाडि उपप्रधान तथा गृहमन्त्रीले भन्नुभयो । त्यो पनि सभामुखलाई नै साक्षी राखेर भन्नुभयो । यो अत्यन्त गम्भीर कुरा हो । यो केवल आन्तरिक मामिलासँग सम्बन्धित छैन,’ उनले भने ।

नागरिकहरू त्यस्तो सांसदबारे थाहा पाउनका लागि आतुर रहेको उनले बताए । अगाडि भनेका छन्, ‘यही संसदमा गोप्य सूचना बेच्ने सांसद छ भनेर मुलुकको गृहमन्त्रीले भन्ने यो अत्यन्त गम्भीर कुरा हो । नेपाली जनता हेर्न चाहन्छन् को रहेछ त्यो गोप्य सूचना बेच्ने यसको जानकारी चाहियो ।’

यो विषयमा सभामुखले रुलिङ गर्नुपर्ने उनको माग छ । अगाडि भन्छन्, ‘कहिले कहाँ कसरी कति मूल्यमा बेचिएको रहेछ । सभामुखलाई नै साक्षी राखेर गृहमन्त्रीको स्पष्ट धारणा चाहियो । त्यसकारण रुलिङ हुनुपर्‍यो ।’

यही जेठ ६ मा गृहमन्त्री लामिछानेले प्रतिनि धिसभालाई सम्बोधन गर्ने क्रममा विदेशीलाई नेपालका सूचना बेच्ने व्यक्ति संसदिभत्र रहेको र तिनलाई सदनबाट निकाल्नुपर्ने बताएका थिए ।

त्यसदिन उनले भने, ‘दुई-तीनवटा नागरिकता बोक्नेलाई मात्रै होइन, नागरिकता एउटै बोक्ने, देशकै बोक्ने तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेटहरूलाई पनि बाहिर पठाऊँ, संसदबाट हटाऊँ । त्यो जतिसुकै शक्तिशाली होस्, त्यो देशको मन्त्री होस् या पार्टीको महामन्त्री नै किन नहोस् ।’

गृहमन्त्रीको यो अभिव्यक्तिका सम्बन्धमा काँग्रेसका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस